कारोबार


एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १६:५१, काठमाडौँ

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सीजी डिजिटलले एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराएको छ। उपभोक्तालाई सजिलो हुने गरी कम्पनीले नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेको छ।

नेपालभर यसका २८ वटा अत्याधुनिक शोरूममार्फत सीजी डिजिटल र एलजी ब्रान्ड शपले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन्।

सीजी डिजिटलमा ग्राहकहरूले एलजी, सीजी, टीसीएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक एन्ड डेकर र बर्लीजस्ता विश्वसनीय ब्रान्डहरूका साथै नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरूलगायतका विश्वसनीय ब्रान्डहरू एउटै छानामुनि सहज रूपमा पाउन सक्छन्।

आजका उपभोक्ताहरुलाई केवल सस्तो मूल्य मात्र होइन गुनस्तर्य, विश्वासिलो र भरपर्दो सेवा खोजिरहेको कम्पनीले जनाएको छ। बजारमा विकल्प धेरै भए पनि कुन उत्पादन सही हो भन्ने निर्णय लिन ग्राहकलाई चुनौती हुने गरेको कारण यही आवश्यकतालाई मध्यनजर गर्दी ग्राहकहरुलाई आधिकारिक, विश्वसनीय र गुणस्तरीय ब्रान्डहरू उपलब्ध गराउँदै आएका कम्पनीको भनाइ छ।

एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्छन् र यसले धेरै पसलहरू धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो र विश्वसनीय बनाएको छ।

कम्पनीले एउटै स्थानमा धेरै ब्रान्डको उपकरणहरु उपलब्ध गराएर ग्राहकको समय बचत गर्नु र निर्णय प्रक्रियालाई सजिलो बनाउन खोजिरहेको दाबी गरेको छ।  साथै, विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन सीजी डिजिटलले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ। यो अफरले ग्राहकलाई उत्कृष्ट ब्रान्डका टिभी तथा होम एप्लायन्सेस अझ सहज मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।

आधुनिक शोरूम अनुभव, विश्वसनीय ब्रान्ड, ग्राहक–मैत्री सेवा तथा नेपालभर फैलिएको २८ शोरूम सञ्जालका कारण सीजी डिजिटल र एलजी ब्रान्ड शप नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्दै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad