कारोबार


देशैभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल एपबाट अब बैंक खाता बन्द गर्न मिल्ने, यस्ता छन् नयाँ व्यवस्था

देशैभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल एपबाट अब बैंक खाता बन्द गर्न मिल्ने, यस्ता छन् नयाँ व्यवस्था

नेपालखबर
असार २६, २०८३ शुक्रबार १७:१५, काठमाडौँ

नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेबसाइटबाट अब बैंक तथा वित्तीय संस्थाको खाता बन्द गर्न मिल्ने भएको छ।

ग्राहकले उपस्थित भई वा मोबाइल/वेबसाइटमार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गर्ने दायित्व बैंकको हुनेछ।

शुक्रबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निष्क्रिय खाताको संख्या न्यूनीकरण गर्ने सम्बन्धमा सर्कुलर पठाउँदै नेपालभरका जुनसुकै शाखा कार्यालयबाट ग्राहक पहिचान गरी सहजरूपमा खाता पुनः सक्रिय गर्नसक्ने व्यवस्था मिलाउन पनि बैंकहरूलाई पत्राचार गरेको छ। 

बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्नेछ। सक्रिय खाता निष्क्रिय हुनुपूर्व कल, एसएमएस, ई-मेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

निष्क्रिय खाता सक्रिय गराउन कम्तीमा ६ महिना अवधिको अन्तरालमा कल, एसएमएस, ईमेल लगायतका माध्यमबाट सम्बन्धित ग्राहकहरुलाई अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख बैंक तथा वित्तीय संस्थाले राख्नुपर्नेछ। 

बैंकमा रहेका निष्क्रिय भएर पुनः सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली पनि बैंकहरूले विकास गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ। 

निष्क्रिय खाता, सोको प्रयोग गरी हुनसक्ने मनी म्युल कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमितरुपमा विभिन्न सामग्री निर्माण गरी बैंक तथा वित्तीय संस्थाहरूले प्रसारण गर्नुपर्ने भएको छ। यस्ता क्रियाकलापको पहिचान तथा सोको न्यूनीकरण प्रयोजनार्थ कर्मचारीको क्षमता अभिवृद्धि गर्ने दायित्व बैंकलाई हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad