राजनीति


रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न कास्की अदालतको अनुमति

रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न कास्की अदालतको अनुमति

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १६:५४, काठमाडौँ

कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार निवेदकको माग बमोजिम हुने आदेश दिएको हो।

अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ। रवि लामिछानेसँगै जीबि भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले सोहीबमोजिम अदालतमा निवेदन दिएको थियो।अदालतले निवेदकको मागबमोजिम हुने आदेश गरेको हो।

२०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad