टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो रिटेलर मिट आयोजना गरेको छ।
टोटल इनर्जिज इन्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमखु आतिथ्यमा उक्त कार्यक्रममा गरिएको हो।
कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरु अनुकुल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापा लगायतको उपस्थिति थियो।
नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिबारे जानकारी गराउँदै डिलर र रिटेलरहरुसँगको सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, देशभरका २०० भन्दा बढी डिलर र रिटेलरहरु कार्यक्रममा सहभागी थिए।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुवै भएको बताए। व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरुको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै उनले टोटल इनर्जिजसँगको सहकार्यलाई अझ बलियो बनाउने आशा गरे।
टोटल इनर्जिज मार्केटिङ इन्डियाका प्रमखु कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए।
साथै उनले कम्पनीको नवीनता, गुणस्तर र पर्यावरणीय उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै ग्राहकहरुलाई कसरी अत्याधुनिक प्रविधि र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेको बताए।
यसैगरी, पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिबारे प्रस्तुति दिए। उनीहरुले टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिमा डिलरहरुको साथ र समर्थनको महत्वलाई जोड दिए।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो। काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो भने चन्द्रागिरिस्थित चन्द्रागिरि अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम ÷फ्लििट अवार्ड हात पारे । उनीहरुलाई प्रमुख अतिथीसहित लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे।
कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरुलाई उनीहरुले ब्रान्डको प्रवद्र्धन गर्न निरन्तर गरेको योगदान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया