फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ।
कम्पनीका अनुसार यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तीमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ।
पुस २९ सम्म हुने अभियानमा लक्की ड्रामार्फत विजेताहरूको चयन गरिने र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ।
अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
थप विवरण
• अभियानको नाम:‘नेट सेट गो!
• अभियान अवधि: पुस २९, २०८१ सम्म
• पुरस्कार: ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
कसरी सहभागी हुने?
फोनपेको ‘‘नेट सेट गो!’ अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ! सहभागी हुनका लागि यी सरल चरणहरू पालना गर्नुहोस्:
- मोबाइल बैङ्किङ एप खोल्नुहोस्: फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
- फोनपे बिल्स चयन गर्नुहोस्: एपमा "भुक्तानी" वा "बिल भुक्तानी" सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
- इन्टरनेट बिल चयन गर्नुहोस्: "इन्टरनेट" ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
- बिल विवरण प्रविष्ट गर्नुहोस्: आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्।
- ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस्: लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस्।
- भुक्तानी पुष्टि गर्नुहोस्: सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।
Shares

प्रतिक्रिया