गण्डकी


विपरीत दिशाबाट आएको गाडीसँग ठोकिँदा पुलबाट खस्यो ट्रक, चालक र सहचालकको मृत्यु

विपरीत दिशाबाट आएको गाडीसँग ठोकिँदा पुलबाट खस्यो ट्रक, चालक र सहचालकको मृत्यु

स्करपिओसँग ठोकिएर पुलबाट खसेको ट्रक। तस्बिर : रासस


नेपालखबर
पुस ९, २०८१ मंगलबार १३:६, दमौली (तनहुँ)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। 

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपिओलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ठक्करपश्चात् स्करपिओ सडकमै रहेको र ट्रक पुलको बीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो।

स्करपिओमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad