कारोबार


नेपालमै टिभी उत्पादन गर्ने घोषणापछि सामसङका ग्लोबल सीएफओ पार्कले भेटे प्रधानमन्त्री

नेपालमै टिभी उत्पादन गर्ने घोषणापछि सामसङका ग्लोबल सीएफओ पार्कले भेटे प्रधानमन्त्री

नेपालखबर
भदौ ९, २०७९ बिहिबार १३:५०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सएिफओ एचके पार्कले बुधबार शिष्टाचार भेट गरेका छन्। 

नेपालको औपचारिक भ्रमणमा आएका बेला पार्कसहितका कम्पनीका अन्य वरिष्ठ अधिकारीले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। 

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएका थिए। उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहो¥याएको कम्पनीले जनाएको छ।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)संग मिलेर नवलपरासीमा एलईडी टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ। 

नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथैे स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।

सामसङले नेपालमा दुई दशक देखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरूमार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ। कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .