सर्लाहीको हरिवन नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा २३ वटा उन्नत जातमा भैँसी वितरण गरेको छ।
बुधबार नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख कमल बुढाथोकीले २३ जना किसानलाई मुर्रा क्रस भैँसी हस्तान्तरण गरेका हुन्।
किसानको ५० प्रतिशत अनुदानमा २३ वटा कृषि फर्मलाई भैँसी वितरण गरिएको बुढाथोकीले बताए। वितरण गरिएका भैँसी कुनै ब्याउने र कुनै दुध दिँदै गरेका लैँना छन्।
किसानलाई अनुदानमा भैँसी उपलब्ध गराउँदा नगरपालिकाको २१ लाख रुपैयाँ खर्च भएको मेयर बुढाथोकीले बताए। त्यति नै खर्च किसानले पनि गरेका छन्।
किसान आफैँ गएर दामकाम गरेपछि ठेकेदारमार्फत् भैँसी खरिद गरिएको हो।

18
Shares

प्रतिक्रिया