नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न ६ जना इच्छुक देखिएका छन्।
आवेदन दिने अन्तिम मिति यही असार २२ सम्ममा ६ जनाको रीतपूर्वक आवेदन परेको हो।
आवेदन दिनेहरुमा छविराज पोख्रेल, कोशल केसी, सञ्जिव कुमार देव, सीए नागेन्द्र साह, सरोज कुमार शर्मा र दीपेन्द्र कुमार देव रहेको नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदपूर्तिका लागि सिफारिस समितिले जनाएको छ।
समितिले यही असार १ गते कार्यकारी निर्देशकको पदपूर्ति अघि बढाउने निर्णय गरेको थियो। सोअनुसार २ गते गोरखापत्रमा सूचना निकाली आवेदन मागिएको थियो।
पोख्रेल र केसी प्युठानका हुन् भने देवद्वय सप्तरी, साह धनुषा र शर्मा महोत्तरीका रहेका छन्।

54
Shares

प्रतिक्रिया