समस्याग्रस्त घोषणा भएपछि बचत गरेको पैसा फिर्ता नपाएका कर्णाली विकास बैंकका बचतकर्ताले आज रकम फिर्ता पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले आज एक दिनका लागि बचत फिर्ता गर्ने भन्दै ग्राहकलाई शाखा कार्यालयमा सम्पर्क गर्न भनेको हो।
बैंकले बचत फिर्ता सीमित दिनहरुमा गर्नेछ। बैंकले बुधबार १९ वटा शाखाहरुबाट ५० जनासम्मलाई बचत फिर्ता दिनेछ। बैंकले प्रतिशाखा ५० जनालाई ५० हजारका दरले बचत फिर्ता गर्नेछ।
बैंकले केन्द्रीय कार्यालयबाट, तुल्सीपुर शाखा, लमही शाखा,गुलरिया शाखा, बाँसगढी बदीर्या शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखाबाट बचत फिर्ता गरिनेछ।
त्यसैगरी भालुवाङ शाखा, गढवा शाख, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गरिने सूचनामा जनाइएको छ।
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथामिकतामा राखेर बचत फिर्ता दिनेछ।

यससम्बन्धी थप समाचार :
-
निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो काम
-
सेबोनले भन्यो- अर्को व्यवस्था नहुन्जेल कर्णाली विकास बैंकको सेयर रोक्का राख्नू
-
राष्ट्र बैंकको ‘टेकओभर’पछि अब के हुन्छ कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार?
-
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन
Shares

प्रतिक्रिया