नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउनको लागि मात्रै उठ्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले फाइल खोल्दिन्छु भनेर एक अर्कालाई धम्क्याउने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाए।
‘कसैले म फलानो फाइल खोल्दिन्छु भन्ने, कसैले मैले फाइल खोल्न लागेकाले यस्तो भयो भन्ने, यो फाइलका कुराले जनता आजित भइसके,’ थापाले भने, ‘बरू एकदिन सबै दलका सबै नेता बसेर एउटा बैठक राखौं र कुन–कुन फाइल खोल्ने निर्णय गरौं। एक अर्कालाई आरोप प्रत्यारोप गर्ने कुराले मात्रै परिणाम दिंदैन।’
समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदैछ।
132
Shares

प्रतिक्रिया