नेपालको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटो नेपाल ले आफ्ना २५० डुअल मालिकहरूका लागि विशेष रूपमा “सीएफमोटो २५० डुअल रेन्बो ट्राउट राइड” आयोजना गरेको छ।
कार्यक्रम यही जेठ ३० गते सीएफमोटो नक्साल, नारायणचौरस्थित शोरुम बाट सुरु भई आशापुरी ड्रीम हाउस रिसोर्ट, सूर्यविनायक–८, भक्तपुर मा सम्पन्न हुनेछ।
यस राइडको प्रमुख उद्देश्य सीएफमोटो २५० डुअल मालिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै एक बलियो “सीएफमोटो ब्रदरहुड” निर्माण गर्नु हो। मोटरसाइकल केवल यातायातको साधन मात्र नभई समान सोच, साहसिक भावना र नयाँ अनुभव खोज्ने व्यक्तिहरूलाई जोड्ने माध्यम भएको विश्वासका साथ कम्पनीले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।
रेन्बो ट्राउट राइडमा सहभागी राइडरहरूले समूहगत रूपमा सुरक्षित र व्यवस्थित राइडको अनुभव लिनुका साथै विभिन्न मनोरञ्जनात्मक खेल, टीम–बिल्डिङ गतिविधि, अनुभव आदान–प्रदान सत्र तथा अन्य आकर्षक कार्यक्रमहरूमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। यसले राइडरहरूबीच मित्रता, सहकार्य र समुदायप्रतिको अपनत्व अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
सीएफमोटो नेपालका अनुसार २५० डुअल नेपालमा साहसिक र बहुउपयोगी मोटरसाइकलका रूपमा लोकप्रिय बन्दै गएको छ। सोही उत्साहलाई अझ प्रोत्साहन गर्दै ग्राहकहरूलाई ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले रेन्बो ट्राउट राइड जस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।
कार्यक्रममा सहभागी राइडरहरूले रमणीय मार्गमा सामूहिक यात्रा गर्दै मनोरञ्जन, भाइचारा र साहसिकताको अनुपम अनुभव प्राप्त गर्नेछन्। साथै, कार्यक्रममा सहभागीहरूलाई विभिन्न सरप्राइज गतिविधि तथा स्मरणीय क्षणहरू सिर्जना गर्ने अवसर पनि प्रदान गरिनेछ।
सीएफमोटो नेपालले सम्पूर्ण २५० डुअल मालिकहरूलाई यस विशेष राइडमा सहभागी भई आफ्नो राइडिङ अनुभवलाई अझ रोमाञ्चक, अर्थपूर्ण र अविस्मरणीय बनाउन सकिने कम्पनीको विश्वास रहेको छ ।
Shares

प्रतिक्रिया