एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले 'इलेक्ट्रिफाइङ न्यू इयर २०२६' विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन्। यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन्।
साथै, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधा पनि उपलब्ध छन्। यो अफर एमजी र आइएमका इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ र ग्राहकहरूले देशभरका आधिकारिक एमजी शोरूमहरूमा गई यो अफर लिन सक्ने कम्पनीले जनाएको छ।
नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनामार्फत एमजीले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। ईभी मोडलहरू प्रतिको बढ्दा लोकप्रियता भएको समयमा आफ्ना सर्वाधिक रुचाइएका मोडेलहरूमार्फत ग्राहकहरूलाई विशेष सुविधा दिने हेतुले यो अफर डिसेम्बर २५ देखि सुरु भइसकेको छ। ग्राहकहरुले नजिकको आधिकारिक शोरूमबाट थप जानकारी लिन सक्नेछन्।
Shares

प्रतिक्रिया