दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधन निर्माता टीभीएस मोटर कम्पनी (टीभीएसएम)ले नेपालमा टीभीएस अपाचे आरटीआर १६० २भी एफआई र टीभीएस रेडर आईजीओ नेपालमा सार्वजनिक गरेको छ।
यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन शृंखलालाई थप मजबुत र व्यापक बनाउने कम्पनीको दाबी छ।
यसमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र तीन राइड मोड (अर्बान, स्पोर्ट, रेन) जस्ता सुविधाहरू समावेश छन्। रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकल प्रेमीहरू यसका प्रमुख लक्षित ग्राहक हुन्। विश्वव्यापी रूपमा टीभीएस अपाची ६५ लाखभन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।
नेपालका युवा तथा प्रविधि–प्रेमी राइडरहरूलाई लक्षित गर्दै टीभीएस रेडर आईजीओ प्रस्तुत गरिएको छ। लोकप्रिय घरेलु संस्करणकै प्लेटफर्ममा आधारित यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आईजीओ स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता विशेषताहरू समावेश छन्।यसले कम्यूटर सेग्मेन्टलाई नयाँ परिभाषा दिँदै जेनजी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।
टीभीएस अपाचे आरटीआर १६० २भी एफआई तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ। जसअनुसार मेट ब्लु, रेसिङ रेड र ब्ल्याक रहेका छन्। त्यस्तै, रेडर आईजीओ नेर्डो ग्रे र विक्ड ब्ल्याक दुई रङमा उपलब्ध छ ।
कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष राहुल नायकले नेपालका ग्राहकहरूले शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिने बताउँदै दुवै मोडल अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्वितीय सवारी अनुभवसहित प्रस्तुत भएको बताए।
‘मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा, यी नयाँ मोटरसाइकलहरू आफ्ना–आफ्ना सेग्मेन्टमा छिट्टै नै ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो पूर्ण विश्वास छ’, उनले भने।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक अखिल गुप्ताले दुवै मोडलको आगमनलेनयाँ र उत्साहजनक अध्याय सुरु गरेको बताए।
Shares

प्रतिक्रिया