नेटा अटोले बिक्रीपछिको सेवाका लागि बेन्चमार्क ब्रान्डको अवार्ड जितेको छ।
चाइना अटोमोटिभ भ्वाइस अफ चाइना अवार्डमा यो कम्पनी पुरस्कृत भएको हो।
यसलाई कम्पनीले ग्राहकीय सेवाप्रति आफ्नो प्रतिबद्धताको एक उदाहरणको रुपमा लिएको जनाएको छ। यसबाहेक कम्पनीले २०२४ को भ्वाइस अफ चाइना पनि प्राप्त गरेको छ।
आफ्टर सेल्स सर्भिस स्याटिसफ्याक्सन अर्थात् बिक्रीपछिको सेवामा ग्राहक सन्तुष्टि विधामा कम्पनीले सफलता पाएको हो। नेटा भी, नेटा एक्सजस्ता लामा रेन्जा ईभीहरु बजारमा उपलब्ध छन्।
285
Shares

प्रतिक्रिया