ad ad

कारोबार


कुनै पनि हुन्डाई खरिदमा १० लाख नगद छुट, लक्की ड्रबाट नेपालमै बनेको भेन्यु जित्न सकिने

कुनै पनि हुन्डाई खरिदमा १० लाख नगद छुट, लक्की ड्रबाट नेपालमै बनेको भेन्यु जित्न सकिने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १३:२१, काठमाडौँ

हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैँ तिहारलक्षित फेस्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ।

आफ्ना ग्राहकहरुको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ। 

यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डाईको चाड पर्वलक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतीक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुट,  स्क्राच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन। नाडा अटो शो २०२४ मा हुन्डाईको ए२ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने कम्पनीले जनाएको छ। सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ। यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ। 

यसै अवसरमा हालै चलिरहेको ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरूबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सकिनेछ।  

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर १६ सोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३ बढी चारजिङ पोइन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमध्ये पर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .