कला


‘पिताम्बर’मा चर्चित कलाकारको घुइँचो, दयाहाङ पनि जोडिए

‘पिताम्बर’मा चर्चित कलाकारको घुइँचो, दयाहाङ पनि जोडिए

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १३:२५, काठमाडौँ

कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पिताम्बर’ मा दयाहाङ राई अनुबन्धित भएका छन्। फिल्मको महत्त्वपूर्ण भूमिकामा उनी देखिन लागेका हुन्।
 
वितरक रोहित कट्टेलले अभिनेता दयाहाङ र निर्देशक कृषा स्क्रिप्टमा सँगै बसिरहेको तस्विर फेसबुकमा सेयर गरेका छन्। राई जोडिएपछि फिल्ममा कलाकार लाइनअप बलियो भएको छ। 

यसअघिनै फिल्ममा चर्चित अभिनेताद्वय आर्यन सिग्देल र  प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। 

दहायाङ र प्रदीपले यस फिल्ममा पहिलोपटक सहकार्य गर्दैछन्। दयाहाङ र आर्यनले भने यसअघि ‘मेरो एउटा साथी छ’ र ‘लोफर’ मा काम गरिसकेका छन्। 

फिल्ममा दयाहाङ, आर्यन र प्रदीपसहित सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव विष्ट, कामेश्व चौरासिया लगायतको अभिनय छ। 
यस फिल्मको दोस्रो चरणको सुटिङ भदौको पहिलो साताबाट सुरू हुँदैछ। यसअघि नवलपरासीको त्रिवेणी धाममा मुहूर्त गर्दै पहिलो सेड्युलको सुटिङ गरिएको थियो। 

कृषाको यो दोस्रो निर्देशकिय फिल्म हो। यसअघि उनले फिल्म ‘ऐंचो पेंचो’ निर्देशन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad