ad ad

कारोबार


फागुनमा घट्यो विद्युतीय गाडीको आयात,  २७६ वटा मात्रै भित्रिए

फागुनमा घट्यो विद्युतीय गाडीको आयात,  २७६ वटा मात्रै भित्रिए

नेपालखबर
चैत ६, २०८० मंगलबार १३:५७, काठमाडौँ

फागुनमा विद्युतीय गाडी २७६ वटा मात्रै आयात भएका छन्। चालू आर्थिक वर्षमा बढी आयातभई रेकर्ड राख्दा ६ हजार ४३५ आयात भएका छन्।  

माघसम्म ६ हजार १५९ वटा विद्युतीय गाडी आयात भएका थिए। चीनमा नयाँ वर्ष र नेपालमा पुरानै स्टक बाँकी हुँदा धेरै अघिल्ला महिनाको तुलनामा कम भित्रिएको व्यवसायीले बताएका छन्। 

नेपालमा भित्रिने विद्युतीय गाडीमध्ये ठूलो हिस्सा चिनियाँ ब्रान्डको रहेको छ। बजारमा नयाँ ब्रान्ड भने धमाधम थपिदै गएका छन्। 

नेपालमा भित्रिएका गाडीमध्ये ५० किलोवाटसम्मका २७ सय ४६, ५० देखि १०० किलोवाटका ३ हजार ५९४, १०१ देखि २०० किलोवाटसम्मका ७५ र २०१ किलोवाट माथीका २० वटा मात्रै आयात भएका छन्। 

५० किलोवाटसम्मका गाडी भारतीयको बच्चस्र्व रहदाँ ५० देखि १०० किलोवासम्म चिनियाँ ब्रान्डको देखिएको छ।

५० किलोवाट तलका टाटाको टियागोसँगै एमजी कोमेट भारतबाट आउँछन्।  २ हजार ४८ वटा भारतबाट आउँदा चीनबाट ६६४ वटा मात्रै भित्रिए। इन्डोनेसियाबाट ३४ वटा गाडी आयात भएका छन्। 

५१ देखि १०० किलोवाटमा ३ हजार २६० चीनबाट आउँदा भारतबाट ३३२ वटा मात्रै भित्रिएका छन्। चीनबाट बीवाईडीको अट्टो ३, सेरेस ३ लगायतको आयात बढी रहेको छ। 

११ सिट माथीका विद्युतीय माइक्रो ३७० वटा आयात भएका छन्।

८ महिनामा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरका विद्युतीय निजी गाडी भित्रिएका छन्। सोही अवधीमा पेट्रोल इन्जिनका २ हजार ३५९ भित्रिएका छन्। डिजेल इन्जिनका ४१० वटा मात्रै आयात भएका छन्। 

चालु आर्थिक वर्षमा चारपांग्रे गाडीको व्यापार राम्रै देखिएपनि दुईपांग्रेको भने कम रहेको छ। फागुनसम्म ८१ हजार ७२९ मोटरसाइकल र स्कुटर आयात भएका छन्। 

चालू आर्थिक वर्षको ८ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको सावरी साधन आयात भएको छ। जसबाट सरकारले ४३ अर्ब ७५ करोड राजश्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कुल अटोमोटिभ्सको आयात बढेको छ।

३२ अर्ब ६५ करोड रुपैयाँको साधन तथा तिनका पार्टस भित्रिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .