कारोबार


नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

अर्जुन घिमिरे


उन्‍नत सापकोटा
असार २९, २०८३ सोमबार १५:४७, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए।

पछिल्लो मन्त्रिपरिषद् बैठलले अध्यक्ष नियुक्तिको निर्णय गरेको हो। केहीबेरमा उनको शपथ सूचना तथा संचार मन्त्रालयमा हुँदैछ।

घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए।

वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि एक हजार ५३४ राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त भएका थिए। 

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सञ्चार मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वतः पदमुक्त गरेको थियो।

रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले गत वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। त्यसपछि अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको थियो। अध्यक्षका लागि आवेदन दिएका २९ उम्मेदवारमध्येबाट सिफारिस समितिले नौ जनाको संक्षिप्त सूची प्रकाशित गरेको थियो। गत बुधबार आठ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका थिए। 

नौ जनाको संक्षिप्त सूचीमा रहेका राजिब सुब्बा निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएपछि आवेदन फिर्ता लिएका थिए। अध्यक्षको संक्षिप्त सूचीमा परेकामध्ये अर्जुन घिमिरे र अनिलकुमार झालाई बलियो दाबेदारको रूपमा हेरिएको थियो। नभन्दै सरकारले घिमिरेलाई अध्यक्षमा पाँच वर्षका लागि नियुक्त गरेको छ। 

यो पनि– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad