कारोबार


नेपाल टेलिकमको प्रबन्धनिर्देशकमा पुनर्बहाल भइन् संगीता पहाडी

नेपाल टेलिकमको प्रबन्धनिर्देशकमा पुनर्बहाल भइन् संगीता पहाडी

नेपालखबर
असार २९, २०८३ सोमबार १६:८, काठमाडौँ

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्धनिर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालको पुनर्बहाली भएको छ। 

प्रबन्धनिर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपश्चात् नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उनको निलम्बन फुकुवा भएसँगै टेलिकममा उनको पुनर्बहाली भएको हो।

पदबहाली कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन्। साथै उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन्।

सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने र नेपाल सरकारको भावना एवं मार्गनिर्देशनअनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाई कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad