कारोबार


स्टक क्लियरेन्स मेलामा एकै दिन ३१ हजार अवलोकनकर्ता पुगे

स्टक क्लियरेन्स मेलामा एकै दिन ३१ हजार अवलोकनकर्ता पुगे

नेपालखबर
असोज ५, २०७६ आइतबार ५:१७,

दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि सुरु भएको स्टक क्लियरेन्स मेलामा शनिबार मात्र ३१ हजारले अवलोकन गरेका छन्। मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको चौथो दिनसम्ममा ८३ हजारले अवलोकन गरेका छन्। मेलामा तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए। असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसनले जनाएको छ।

इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छानामुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ। चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो। ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ।

stock mela 12

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको शेरुममा अवलोकनकर्ता तथा ग्रागहकको चाप देखिएको छ। बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्ट्स सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ। एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ।
‘अफरै अफरको ब्यापारिक मेला शपिंग गर्ने यही हो बेला भन्ने नारासहित सञ्चालन भैरहेकोे मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ।

घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्।  दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ। नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धन गरेको एक्स्पो आज सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad