स्याङ्जा घर भई दाङमा व्यवसाय गर्दै आएका एक जनाको शव होटलमा फेला परेको छ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित स्वर्गद्वारी टोलमा रहेको निशा तन्दुरी होटलमा स्याङ्जा चापाकोट नगरपालिका १ का नारायण प्रसाद भण्डारी मृत फेला परेका हुन्।
उनी शनिबार साँझ तन्दुरी होटलमा मादक पदार्थ सेवन गरी सुतेको र आइतबार बिहान ६ बजे कोठमा हेर्दा मृत अवस्थामा भेटिएका थिए। उनले घोराहीस्थित सब्जीमन्डी नजिकै बेबीशप पसल सञ्चालन गर्दै आएका थिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया