ad ad

कारोबार


एडीबीका ऊर्जा र पुनर्निर्माणका परियोजना सन्तोषजनक, ऋण ५९ करोड डलर पुग्यो

एडीबीका ऊर्जा र पुनर्निर्माणका परियोजना सन्तोषजनक, ऋण ५९ करोड डलर पुग्यो

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ९:५६,

एसियाली विकास बैंक (एडीबी)द्वारा सञ्चालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ। एडीबीले नेपालमा सञ्चालन गरेका परियोजनाबारे समीक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समीक्षा बैठकमा एडीबीले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो।

एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ। तीमध्ये पुनर्निर्माण र ऊर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्यअनुसार अघि बढिरहेको एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए। उनले सो परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंसा गरे। एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ। देशीय निर्देशक मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड अमेरिकी डलर पुगेको पनि जानकारी दिए। उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एडीबीद्वारा नेपालका सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्ष इमानदार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता पनि व्यक्त गरे।

एडीबीले हाल नेपालमा दुई खर्बभन्दा बढीको परियोजना सञ्चालन गरिरहेको छ। त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, ऊर्जा र खानेपानीमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .