ad ad

रोचक


इन्डोनेसियामा भेटियो दुईवटा शिर भएको दुर्लभ सर्प (भिडियो)

इन्डोनेसियामा भेटियो दुईवटा शिर भएको दुर्लभ सर्प (भिडियो)

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ९:५२,

इन्डोनेसियामा दुईवटा शिर भएको दुर्लभ सर्प भेटिएको छ।

गत अगष्ट ३० तारिखमा उक्त सर्प बाली टापुको ताबानान क्षेत्रमा भेटिएको जनाइएको छ।

स्थानीयहरु दुर्लभ सर्प देखेर अचम्ममा परेको डेली मेलले उल्लेख गरेको छ।

यस सर्पको भिडियो खिचिएको छ। उक्त भिडियो सार्वजनिक भएको छ।

जानकारहरुका अनुसार दुईवटा शिर भएको सर्प दुर्लभ मानिन्छन्। यसको आयुसमेत छोटो हुन्छ।

कारण दुईवटा शिर भएको सर्पलाई खाना खोज्न गाह्रो हुन्छ। दुईमध्ये एक शिरको इसारामा सर्प चल्दछ।

तर दुवै शिर सक्रिय भएकाले समस्या उत्पन्न हुनेगर्दछ। त्यसैकारण भोकका कारण यस्ता सर्पको मृत्यु हुनेगर्दछ।

(भिडियो)

Image result for two head snake

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .