कारोबार


मनकामना स्मार्टको सेयर खुल्यो, १ हजारदेखि १ लाखसम्म लगानी गर्न सकिने

मनकामना स्मार्टको सेयर खुल्यो, १ हजारदेखि १ लाखसम्म लगानी गर्न सकिने

नेपालखबर
असार १७, २०७८ बिहिबार ८:१०,

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)को आवेदन खुलेको छ।

आजदेखि खुलेको सेयर २१ गतेसम्म आवेदन दिन सकिने सेयर बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जानाकारी गराएको छ।

मनकामना स्मार्ट ३ लाख ८९ हजार कित्ता आईपीओ खुल्ला भएको हो।

प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४ सय ५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो। जसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ।

यस अर्थमा सर्वसाधारणले १ हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्न सकिने भएका हुन्।

मागअनुसार तोकिएको समयमा आवेदन नपरेको खण्डमा समय बढाउन सकिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .