अनलाईन माध्यमबाट हुने अत्यावश्यक सामग्रीको डेलिभरी नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
निकेत अग्रवाल लगायतको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्चले अनलाईन माध्यमबाट खरिद गरिने खाद्यान लगायत अत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश दिएको हो। निषेधाज्ञाको समयमा सुरक्षाका मापदण्डको पालना गरी इकमर्स संचालन गर्ने कार्यलाई रोक नलगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
महामारीको असर कम गर्न र यसबाट जोगिनका लागि विभिन्न उपायहरु अवलम्बन भएको सन्दर्भमा डिजिटलाइजेसनको माध्यमबाट सेवा प्रवाह महत्वपूर्ण भएको सर्वोच्चको आदेशमा भनिएको छ।
स्वास्थ्यका मापदण्ड पालना गरेर इकमर्सको सेवा प्रदान गर्ने काम नरोक्न सर्वोच्चले भनेको छ।

प्रतिक्रिया