भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपराह्न भीषण आगलागी भएको छ।
आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ।
अहिलेसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
६ जनाको अवस्था अज्ञात रहेकाले खोजी भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पुणेको पिरंगुट एमआईडीसी इलाकास्थित सेनिटाइजर निर्माता कम्पनीमा सोमबार अपराह्न ५ बजेतिर आगलागी भएको हो।
विद्युत् सर्ट भएर आगालागी भएको प्रारम्भिक अनुमान भए पनि वास्तविक कारण पत्ता लगाउन बाँकी छ।

प्रतिक्रिया