हिमालय एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतबाट २ लाख भेरोसेल खोप नेपाल ल्याएको छ।
एयरलाइन्सले कुनमिङ–काठमाडौं ४ उडानमार्फत २ लाख खोप निःशुल्क ल्याएको हो।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको प्रतिबद्धताअनुरुप दुई लाख डोज खोप निःशुल्क ल्याएको जानकारी दिएको छ।
चीन सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरुप प्राप्त खोप मंगलबार र बुधबार गरी काठमाडौं आइपुगेको हो।
चीन सरकारले दिने १० लाख खोपमध्ये २ लाख हिमालय एयरलाइन्सले ल्याएको छ भने नेपाल एयरलाइन्सले मंगलबार नै ८ लाख खोप नेपाल ल्याएको छ।
हिमालयका उडानले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४ सय १७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्ने गरेको जनाएको छ। कार्गो उडानका लागि दैनिक काठमाडौं–कुनमिङ उडान गरिरहेको हिमालय एयरलायन्सले निःशुल्क खोप ल्याएको छ।
हिमालय एयरलाइन्सले खोप ल्याउनको लागि करिब २ करोड २५ लाखबराबरको आर्थिक योगदान गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया