फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले साढे १ वर्षको सबै खाजा खर्च अन्ततः फिर्ता गर्ने भएकी छिन्।
सरकारी पैसामा खाजा खाने गरेको भन्दै केहि दिनपहिले समाचारहरु प्रकाशित भएपछि प्रहरीले ३५ वर्षे प्रधानमन्त्री त्यसबारे अनुसन्धान गर्ने भएको थियो।
समाचारहरुमा उनले आफ्नो बिहानको खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएको उल्लेख थियो।
सो विषयबारे ठूलो बहस भएपछि मरिनले १४ हजार युरो सरकारी खातामै फर्काउने घोषणा गरेकी छन्।
हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूले खाना तथा खाजा भत्ता सरकारबाट कहिल्यै नलिने पनि बताएकी छन्।
करदाताको पैसा दुरुपयोग गर्दै खाजा भत्ता छुट्याएको विषयमा भने उनको बिमति छ। उनी भन्छिन्, ‘नियममै त्यो लिने व्यवस्था भएकोले मैले सुविधा लिएको थिएँ।’
अब चाहिँ सरकारी नियममा त्यस्ता भत्ता दिने व्यवस्था भए पनि आफूले त्यसलाई अस्वीकार गर्ने बताएकी छिन्।
ट्याबलोइड पत्रिका इल्तालेहतीले करदाताको पैसा प्रधानमन्त्रीले दुरुपयोग गरेको भन्दै समाचार बनाएपछि फिनल्याण्डका विपक्षी दलहरूले पनि विरोध जनाएका थिए।
यद्यपी प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्च दुरुपयोग नगरेको बताउँदै आएकी थिइन्।
यो पनिः सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

प्रतिक्रिया