कोभिड महामारीका बीच बुद्ध एयरको नयाँ जहाज आज काठमाडौं आउँदै छ।
बुद्ध एयरको एटीआर ७२ जहाज भारतको दिल्लीबाट त्रिभुवन विमानस्थल आइपुग्ने कम्पनीले जनाएको छ।
बुद्ध एयरका बजार प्रबन्धक प्रमुख रुपेश जोशीले केही समयअघि फ्रान्सबाट दिल्लीमा आएको जहाज आज काठमाडौं आउन लागेको हो।
नेपालको आन्तरिक उडानमा आधा बढी हिस्सा ओगट्दै आएको बुद्ध एयरले नयाँ जहाज थप गरेको छ। बुद्ध एयरका कुल १५ मध्ये एटीआर जहाज मात्रै १३ वटा पुगेका छन्।
जसमा १० वटा एटीआर ७२ हुन भने ३ वटा एटीआर ४२ हुन्।
‘केही समयअघि दिल्लीमा आएको जहाज काठमाडौं आउँदै छ। अहिले त्यसलाई कहाँ उडान गर्ने भन्ने योजना बनेको छैन,’ जोशीले भने, ‘ योजना बनाएर नयाँ रुट थप्ने वा पुरानैमा चलाउने गरी अघि बढ्छौँ।’
अहिले काठमाडौं केन्द्रित उडान हुँदै आएकोमा बुद्ध एयरले प्रदेशस्तरमा उडान गर्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो।

प्रतिक्रिया