कारोबार


राजधानीमा थाई शैक्षिक मेला

राजधानीमा थाई शैक्षिक मेला

नेपालखबर
साउन ३२, २०७६ शनिबार ७:४७,

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ।

गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गरे।

त्यस अवसरमा सचिव वैरागीले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध छ दशक पुरानो भए पनि बौद्ध शिक्षाका माध्यमबाट दुई देशका नागरिक सयौँवर्षअघिदेखि एकापसमा अति निकट रहेका बताए।

उच्च शिक्षा हासिल गर्न थाइल्याण्ड गएका केही नेपाली विद्यार्थी त्यहाँ ठगिएको हालैको एउटा घटनातर्फ लक्ष्यित गर्दै उहाँले सही सूचनाको अभाव एवं शैक्षिक प्रतिष्ठानको आधिकारिकता र गुणस्तरको गहन विश्लेषणबिना विद्यार्थी भर्ना हुँदा त्यस्तो समस्या उत्पन्न भएको आशङ्का गरे।

राजदूत तान्सकुलले थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई धर्म, संस्कृतिका साथै आर्थिक एवं पर्यटकीय विषयले मजबुत बनाएको चर्चा गदै दुई देशका जनतालाई नजिक ल्याउने अर्को माध्यम शिक्षा भएको बताए।

उनले थाइल्याण्डमा खाना, आवास र यातायातजस्ता आधारभूत आवश्यकता अधिक महङ्गा नभएकाले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि आफ्नो देश आकर्षक गन्तव्य बन्नसक्ने बताए।

मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिले केही नेपाली विद्यार्थीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । हाल थाइल्याण्डमा करिब पाँच सय नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .