कारोबार


‘नबिल स्मार्टबैंक एप’ मा ‘कार्ड इन्टिग्रेसन’ को सेवा आरम्भ

‘नबिल स्मार्टबैंक एप’ मा ‘कार्ड इन्टिग्रेसन’ को सेवा आरम्भ

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १०:३५,

आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘नबिल स्मार्टबैंक एप’ मा ‘कार्ड इन्टिग्रेसन’ सुविधाको सुरुवात गरेको छ।

यस सुविधा अन्तर्गत अब ग्राहकहरुले आफ्नाे कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता-निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपद्वारा नै गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य एवम् सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गा को रुपमा काम गर्दै आएको छ।

ग्राहकको उच्च सन्तुष्टी एवम् आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको बैंकले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad