कारोबार


श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

रमेश पाेख्रेल
साउन २९, २०७६ बुधबार ११:३३,

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्रीलाई भारतसहित बङ्गलादेशका लागि अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको बताएका हुन्।

श्री एयरलाइन्सले पनि यसको पुष्टि गरेको छ। अनुमति पाएसँगै भारतका पाँच सहर र बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीका महाप्रबन्धक अनिल मानन्धरले नेपालखबरलाई जानकारी दिए। सोमबार नै काठमाडौँ–बनारस परीक्षण उडान गरेको थियो। श्रीले भारतको नयाँ दिल्ली, कलकत्ता, अहमदाबाद, ब्यांगलोर र बंगलादेशको ढाकामा उडान गर्ने मानन्धरले बताए।

आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो बनाएको जनाएको छ। श्री एयरलाइन्सले अहिले आन्तरिकअन्तर्गत भद्रपुर, विराटनगर, भैरहवा नेपालगञ्ज र धनगढीमा उडान गर्दै आइरहेको छ। श्री एयरलाइन्ससँग अहिले तीनवटा जहाज छन्।

क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमान नै अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने श्रीले जनाएको छ। श्रीसँग बम्बार्डियरको ५० सिट क्षमताका २ वटा र ७० सिट क्षमताका दुईवटा जहाज रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad