राजनीति


भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः प्रदीप गिरी

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः प्रदीप गिरी

नेपालखबर
साउन २९, २०७६ बुधबार ११:३७,

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे। उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए। नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न उनले आग्रह गरे।

उनले भने, ‘विपक्षमा रहेर कहिलेकहीँ पनि त्यस्ता मागलाई उठाउनु हुँदैन। जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्। कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन। सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad