ad ad

कारोबार


अर्थ मन्त्रालयले माग्यो बजेटको लागि सुझाव, वैशाख ५ सम्म दिनसकिने

अर्थ मन्त्रालयले माग्यो बजेटको लागि सुझाव, वैशाख ५ सम्म दिनसकिने

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:१४,

अर्थ मन्त्रालयले अगामी आर्थिक वर्ष २०७८/०७९को लागि बजेट कार्यक्रमको लागि सुझाव माग गरेको छ।

मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाउँदै आवश्यक सुझाव माग गरेको हो।

बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु २०७८ वैशाख ५ गतेसम्म उपलब्ध गराइदिन विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकहरुमा अनुरोध गरेको हो।

मन्त्रालयको वेबसाइट (www.mof.gov.np) तथा इमेल ([email protected]) बाटै सुझाव दिन सकिने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .