राजनीति


मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

शैलेन्द्र महतो
चैत १३, २०७७ शुक्रबार ८:१०,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा आली मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्।

शुक्रबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोहमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग सकारात्मक कुराकानी भएको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै केही कार्यहरुलाई अगाडि समेत बढाएको बताए।

प्रधानमन्त्रीसँग भएको पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।

उनले नेकपा एमालेभित्रको किचलोको कारण मुलुक अनिर्णयको बन्दी रहेको बताउँदै राजनीतिलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .