जर्मनीले नेपालको हरियाली पुनर्स्थापना र समावेशी विकासका लागि १० मिलियन युरो (करिब एक अर्ब ३७ करोड रुपैयाँ) अनुदान दिने भएको छ।
यसका लागि अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो।
सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने बताइएको छ।
नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन्, ‘ ‘यो सहयोगले जर्मनीले नेपाललाई आर्थिक चुनौतीमा ऐक्यबद्धता जनाएको छ भने जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापी रूपमा भएको प्रयासमा मद्दत गरेको छ।’

प्रतिक्रिया