राजनीति


ठाकुर र महतो ओली सरकारमा जाने तयारीमा लागेको बेला बाबुरामले भने : नयाँ प्रपंच गरिरहेका ओलीलाई बिदा गरौँ

ठाकुर र महतो ओली सरकारमा जाने तयारीमा लागेको बेला बाबुरामले भने : नयाँ प्रपंच गरिरहेका ओलीलाई बिदा गरौँ

नेपालखबर
चैत १२, २०७७ बिहिबार ४:१६,

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारमा जाने अन्तिम कसरतमा लागेको बेला जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले भने प्रधानमन्त्री केपी ओलीलाई बिदा गर्न ढिलाई गर्नु नहुने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत् डा.भट्टराईले संसद विघटनमा असफल भएपछि ओलीले सत्तामा टिक्न नयाँ प्रपंच गरिरहेको भन्दै उनलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म नभएको बताएका हुन्।

ओली सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपाभित्र तीव्र मतभेद छ। ठाकुर र महतो आफ्ना माग पूरा हुने शर्तमा ओली सरकारमा सहभागी हुन तयार देखिएका छन् भने भट्टराईसँगै अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने पक्षमा उभिएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले ओलीको वहिर्गमनको विषयमा ठोस निर्णय गर्न सकेको छैन।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले बिहीबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad