नेपाल बैंकले ताप्लेजुङ दोभानबजारका अग्निपीडितलाई नेपाल बैंक लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
गत १८ गते दोभानबजार आगलागीबाट ध्वस्त भएको थियो। त्यसमा ५२ घर जलेका थिए।
नेपाल बैंकले सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। बैंकको ६९ जिल्लामा २०५ शाखा छन्। यसबाहेक ४१ एक्सटेन्सन काउन्टर र १४४ एटीएम सेवा उपलब्ध छ।

प्रतिक्रिया