राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद राजेन्द्र लिङ्देनले राजनीतिक समस्या समाधानका लागि राजालाई पनि स्थान दिन आग्रह गरेका छन्।
अहिलेको अस्थिरता वा असफलता कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता भएको उल्लेख गर्दै उनले राष्ट्रिय एकता कायम गर्न राजालाई पनि स्थान दिन माग गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विखण्डन, विप्लवका कुरा गर्ने, हतियार बोक्नेलाई मात्र होइन। अनेक अभियोग, लाञ्छनाका बीच पनि शान्त र सौम्य राजालाई पनि स्थान दिएर पूर्ण रूपमा राष्ट्रिय एकता कायम गरौं।’

3
Shares

प्रतिक्रिया