सेयरबजारमा आज ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको छ।
आज बजार परिसूचक नेप्से १२.५६ अंकले र सेन्सिटिभ सूचक २.४० अंकले बढेको हो। बुधबार २०४ कम्पनी सामेल कारोबारमा १ करोड ६७ लाख २६ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा आज ६९ हजार ९ सय ९४ पटक खरिदबिक्री भएको हो।
१२ मध्ये आज जलविद्युत् र अन्यबाहेक अरु सबैको कारोबार सूचक उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज नेपाल बैंक लिमिटेडको ५८ करोडको सर्वाधिक कारोबार भएको छ। बैंकको प्रतिकित्ता सेयर ४ सय ७७ रुपैयाँ अन्तिम मूल्य छ। त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज ५५ करोडको कारोबार भएको छ। बैंकको आज प्रतिकित्ता ५६२ रुपैयाँ अन्तिम मूल्य छ।
तेस्रो धेरै कारोबारकर्ता भने नेको इन्स्योरेन्सको छ। कम्पनीको १७ सय ५९ रुपैयाँ प्रतिकित्ता मूल्य रहेको उसको २३ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। त्यसपछि भने ग्लोबल आईएमई बैंक २० करोड र नबिल बैंक १९ करोडको कारोबार भएको छ।
आज तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। सर्वाधिक गुमाउनेमा भने आज निफ्राका लगानीकर्ता छन्। बैंकको सेयर ५.३९ प्रतिशतले घटेको छ।
प्रतिक्रिया