प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन्।
बिहीबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन्।
भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ। सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले बताए। धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको ज्ञवालीले बताए।
धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया