कारोबार


मेरोहेल्थ्केयरले ल्यायो अमेरिकामा उत्पादित र पुरस्कृत पाँच नयाँ सौन्दर्य सामग्री

मेरोहेल्थ्केयरले ल्यायो अमेरिकामा उत्पादित र पुरस्कृत पाँच नयाँ सौन्दर्य सामग्री

नेपालखबर
माघ २५, २०७७ आइतबार ९:१६,

मेरोहेल्थ्कयेरले ५ वटा उच्चस्तरीय सौन्दर्य सामग्री आयात गरेको छ। अमेरिकी कम्पनी ‘नाउ फूड्स’ द्वारा उत्पादित यी सौन्दर्य सामग्रीहरु विभिन्न विधामा पुरस्कृत छन्।

मेरोहेल्थ्केयर (दर्ता गरिएको नाम वेब हेल्थ कम्पनी प्रालि, निजी क्षेत्रद्वारा संचालित र हालसालै स्थापित अनलाइन औषधि पसल हो। जसले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्दै आएको छ

यी सौन्दर्य सामग्रीहरुको प्रयोगले विभिन्न किसिमका छालासम्बन्धी रोगहरु निको पार्ने र छालालाई गोरो, नरम, मुलायमका साथै दाग–धब्बा र डन्डिफोररहित बनाउने कम्पनीले दाबी गरेको छ।

आयातित ५ सौन्दर्य सामग्रीहरु हुन् १) भिटामिनसी एण्ड सी बुकथोर्न मोस्चराजर २) भिटामिन सी एण्ड सी बुकथोर्न थोसन ३) चारकोल डिटोक्स फेसियल मास्क ४) ब्लेमिस क्लियर स्पोट ट्रिटमेन्ट र ५) ग्लुताथोइन स्किन ब्राइटनर क्रिम रहेका छन्।

कम्पनीका अनुसार यी स्वास्थ्य तथा सौन्दर्य सामग्रीहरुमा कुनै पनि किसिमका हानिकारक रसायनिक पदार्थ नभएको र यी शुद्ध शाकाहारी उत्पादन रहेका छन् भने साथै यी सौन्दर्य सामग्रीको उत्पादनमा कुनै पनि जनावर वा पशुपन्छीको हत्या–हिंसा गरिएको छैन।

मेरोहेल्थ्कयेर वेब हेल्थ कम्पनी प्रालिले यी स्वास्थ्य तथा सौन्दर्य सामग्रीहरु १५ प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ। यी उत्पादनहरुको बिस्तृत जानकारी यो लिंक मा पाउन सकिन्छ।

मेरोहेल्थ्कयेरले विगत एक वर्षदेखि आफ्ना ग्राहकहरुलाई औषधि र अन्य स्वास्थ्य तथा सौन्दर्य सामग्रीहरु घर–घरमा वितरण गर्दै आइरहेको छ। र साथै डाक्टर परामर्श र भेटघाटका साथै ल्याब सेवा प्रदान गर्दै आइरहेकको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad