समाज


उत्तराखण्डमा हिमनदी फुटेपछि ऋषिगंगा पावर प्रोजेक्टमा क्षति, १५० कामदार सम्पर्कविहिन

उत्तराखण्डमा हिमनदी फुटेपछि ऋषिगंगा पावर प्रोजेक्टमा क्षति, १५० कामदार सम्पर्कविहिन

नेपालखबर
माघ २५, २०७७ आइतबार ९:७,

हिमनदी फुट्दा धौलिगंगा र अलकनन्दा खोलामा बाढी आएको बीबीसीहिन्दीले जनाएको छ।

हाल धौलिगंगा र अलकनन्दा आसपासका बस्तीहरुलाई खाली गरिएको छ। त्यस वरपर नजान चेतावनी दिइएको छ।

प्रहरीका अनुसार यस बाढीले धौलिगंगाकाे ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छ। त्यहाँकाे बाँध फुटेको जनाइएको छ।

पीटीआईका अनुसार बाढी गएपछि नै ऋषिगंगा पावर प्रोजेक्टमा कार्यरत १५० मजदुर सम्पर्कविहीन भएका छन्।

कयौंलाई बाढीले बगाएको आशंका गरिएको छ। अहिले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थल गएका छन्।

Image result for rishi ganga power project

केन्द्रिय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न निर्देशन दिएका छन्। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाले दुःख लागेको बताउँदै सम्बन्धित अधिकारीहरुलाई उद्धारकार्यमा जुट्न भनेका छन्।

तिब्बत नजिकैको सीमामा तैनाथ सयौं सेनालाई उद्धारका लागि खटाइएको छ।

यस बाढीले धेरैलाई बगाएको आशंका गरिएको छ। यद्यपी हालसम्म हताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad