ad ad

कारोबार


इन्भेष्ट बैंकका अध्यक्ष पाण्डे भन्छन्ः सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिन्छौँ

इन्भेष्ट बैंकका अध्यक्ष पाण्डे भन्छन्ः सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिन्छौँ

नेपालखबर
माघ ८, २०७७ बिहिबार ११:१६,

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४औं वार्षिक साधारणसभा आज काठमाडौंस्थित दरबारमार्गमा रहेको केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ।

भर्चुअल रुपमा गरिएको साधारणसभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको बैंकले जनाएको छ।

साधारणसभाको अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८.५ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए। यसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ।

यस वर्ष बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .