भारतीय संचार माध्यमका अनुसार सिरम इन्स्टिट्युटको पुणे प्लान्टको टर्मिनल १ गेटमा आगलागी जारी छ।
भवनको पाँचौ र छैठौं तलामा आगलागी जारी रहेको बीबीसीहिन्दीले जनाएको छ।
हाल आगलागी नियन्त्रणमा लिन १० वटा दमकल तथा दर्जनौं अग्निनियन्त्रक खटाइएको छ।
सिरम इन्स्टिट्युट अफ इन्डियाले अक्सफोर्ड–एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको छ।
सिरम इीन्स्टट्युट विश्वमै सबैभन्दा ठूलो खोप उत्पादन गर्ने कम्पनी हो।
भारत मात्र नभएर विश्वका कैयौं देश भ्याक्सिनकाे लागि यस कम्पनीमा निर्भर छन्।
— ANI (@ANI) January 21, 2021#WATCH Maharashtra: 10 fire tenders present at Serum Institute of India in Pune, where a fire broke out at Terminal 1 gate. More details awaited. https://t.co/wria89t22t pic.twitter.com/u960KTR7JS
प्रतिक्रिया