स्मार्टफोन्सका लागि फाइभजीको उपयोगितामा कसैको शायदै दूई मत होला। तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ? विस्तारै वाईफाई पूरानो प्रविधिका रुपमा स्थापित हुँदैछ। भविस्यको स्मार्ट होम्सका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ। हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ। मोबाइल प्रयोगका लागि झैँ फाइभजी प्रविधिको आवश्यकता भविस्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयाश गरिएको छ।
आफ्नो चरैतिर हेर्नुहोस् त। स्मार्टफोन्स, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्योरिटी क्यामेरा, स्पिकर, टिभी, लाइटनिङ प्रणाली लगायत हामीले विशेष ध्यान नदिने बस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ। गहिरिएर ध्यान नदिएतापनि हामी विस्तारै स्मार्ट घरहरुले उपलब्ध गराउने सहजतासँग हामी अभ्यस्त हुँदै गइरहेका छौँ।
समयसँगै हरेक कुरा स्मार्टर हुँदै गइरहेका छन्? हरेक होम अप्लायन्सेस् कनेक्टेड हुँदैछन् र तिनले एकअर्कासँग सहज समन्वय गर्दै काम गरी सहजता उपलब्ध गराओस् भन्ने हाम्रो चाहना हो। यसले वाईफाई माथि ठूलो बोझ थपिने निश्चित छ। फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दापनि यसको रेस्पोन्स टाइममा ढिलाई हुने सम्भावना रहन्छ। यस्तो समयमा फाइभजीको आवश्यकता अझ बढ्ने निश्चित छ। फाइभजी सहितको स्मार्ट होम्स अर्थात् असिमित कनेक्शन, तिब्र गति र तत्सम् प्रतिक्रिया (ईन्स्ट्यान्ट रेस्पोन्स टाइम)।
बहु उपकरणहरु एकै समयमा एकै ब्याण्डविथ्मा कनेक्ट हुँदा ईन्टरनेटको गतिमा समस्या हामी सबैले भोगेकै छौँ। अझ ब्रोडब्याण्डको गति कम हुँदा यसले अझ तनाव दिन्छ। फाइभजीको साथमा कथाले स्वभाविकरुपमा अर्कै मोड लिने निश्चित छ। फाइभजीले मल्टि गिगाबाइट स्पिडका साथै, बहुसंख्यक उपकरणलाई कनेक्टिभिटी प्रदान गर्ने क्षमता बोक्नुका साथै, डर्जनौँ वा सयौँ स्मार्ट उपकरणहरु स्मार्ट होममा कनेक्ट गर्ने क्षमता राख्छ्। स्मार्टफोन, टीभी, कम्प्युटर, ट्याब्लेट लगायत तपाईँका सबै उपकरणले एकैसाथ हाई डेफिनेशन मुभि डाउनलोड, म्यूजिक स्ट्रिम गर्ने वा ठूला अनलाईन गेम्सको मज्जा घरमा रहेका अन्य उपकरण तथा सेन्सरमा कुनै असरबिना लिन सकिन्छ। एआर÷भीआर उपकरणहरु मार्फत हामीले भविस्यमा अझ सहजरुपमा स्मार्ट होम अनुभव लिन पाउने छौँ।
कहिलेकाही केही सेकेण्डले पनि जीवनमा धेरै ठूलो असर पार्न सक्छ। उदाहरणका लागि खतराको अवस्थाका बारेमा सुईँको पाउने बित्तिकै अलार्म बजि हाल्नु पर्छ र धेरै जसो आपतकालिन उपकरणहरुले हामीलाई तत्सम प्रतिक्रिया दिनुपर्छ। फाइभजीको लो लेटेन्सिले कनेक्टेड उपकरणहरुको प्रतिक्रियाका लागि लाग्ने समयमा कटौती गराउँछ र सुचना प्रवाहमा तिब्रता प्रदान गर्छ। फाइभजीका माध्यमबाट स्मार्ट स्पिकर्स तथा घरको सेक्योरिटी प्रणाली अझ प्रतिक्रियात्मक बन्ने निश्चित छ। तसर्थ, लो लेटेन्सि (न्यून बिलम्बता) सहजताका लागि मात्र नभइ सुरक्षा र दिमागको शान्तिका लागिपनि अपरिहार्य छ।
पछिल्लो समयमा स्मार्ट होम्समा वाईफाई र ब्ल्यूटूथ लगायत सञ्चार प्राटोकल्सको उपयोग हुन्थे। तर, एउटा सञ्जालमा जडिट उपकरण र अन्य सञ्जालमा रहेका उपकरण एक अर्कासँग अन्तरक्रिया गर्न असमर्थ हुन्थे। यसले गर्दा एकीकृत स्मार्टहोम अनुभव उपलब्ध गराउन कठिनाइ हुने गरेको छ। यसको ठिक बिपरित फाइभजी सञ्जालमा कुनैपनि उपकरण सिधै कनेक्टेट हुन सक्छन्। साथै, समान प्रोटोकलको उपयोग गर्दै अन्य उपकरणसँग ईन्टरकनेक्टड हुँदै अन्तरक्रिया गर्ने छुट समेत प्रदान गर्छ। यसले गर्दा विस्तृत स्मार्ट होम ईकोसिस्टमको निर्माण गर्ने कार्यमा सहजता मिल्छ। फाइभजीले बिद्यमान तारे (वायर्ड) पुर्वाधारमा निहित हुनुपर्ने बाध्यताको पनि अन्त्य गराउँछ। यसको माध्यमबाट विकट स्थान जहाँ ब्रोडब्याण्ड लगायतका सुविधापनि उपलब्ध छैनन्, त्यस्ता स्थानमा समेत स्मार्ट होमको अत्याधुनिक प्रविधिको अनुभव लिन सकिन्छ।
ओपोको फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स
धेरैले स्मार्ट होम लाइफस्टाइल अझै टाढाको कुरा हो भन्ने सोच्न सक्छन्। तर, ओपोले यस्तै विभिन्न सम्भावनालाई यथार्थमा परिनत गर्ने कार्यमा सफलता हात पारिसकेको छ। केही समय अगाडी ओपोले रेनो फाइभजी केन्द्रित विश्वकै पहिलो फाइभजीद्वारा सञ्चारित स्मार्ट होटलको निर्माण गरिसकेको छ। ओपो फाइभजी होटले ६ महिनासम्म अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्दै यसका पाहुनालाई फाइभजी यूगको स्मार्ट लिभिङ अनुभव प्रदान गरिसकेको छ।
फाइभजी होटलमा ओपो रेनो फाइभजी मार्फत नियन्त्रण गर्न सकिने प्रशस्त नवप्रबर्तनात्मक तथा रोचक फाइभजी स्मार्ट होम उपकरणहरु उपलब्ध गरिएको थियो। पाहुनाहरुले भ्वाइस कमाण्ड मार्फत नै प्रकाश तथा ब्याकग्राउण्ड म्यूजिक नियन्त्रण गर्न सक्थे। त्यसैगरी, एआर वारड्रोब मार्फत विभिन्न आउटफिट ट्राइ गर्नुका साथै, फाइभजी कनेक्टिभिटी मार्फत विना बफरिङ नेटफ्लिक्सपनि हेरेका थिए। ओपोको फाइभजी होटलले फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स वास्तवमा कस्तो हुन्छ भन्ने अनुभव प्रदान गर्नुका साथै, भविस्यको स्मार्ट लिभिङ कस्तो हुन्छ भन्ने झल्को दिएको थियो।
कनेक्शनको अवधारणा जग मात्र हो, जबकी एकिकरण र अभिसरण भविस्य हो भन्ने ओपोको विश्वास छ। ईन्टरनेट अफ एकस्पेरियन्सको यूगलाई दृष्टिगत गर्दै अत्याधुनिक तथा बिस्तृत स्मार्टहोम ईकोसिस्टम निर्माण तथा विकासका लागि ओपोले विभिन्न स्मार्ट उपकरणहरु सार्वजनिक गर्दै आइरहेको छ। ब्यक्तिगत, घर, यात्रा तथा कार्य सेटिङका लागि हबका रुपमा सेवा उपलब्ध गराउने फाइभजी सीपीई सिरिज यसैको एक उदाहरण हो। ओपोले एयरबड्स, वाट्चेज्, टीभी लगायतको बृहत्त पोर्टफोलियोका साथै ओपो एआर, ग्लास जस्ता नवप्रबर्तनात्मक कन्सेप्ट प्रडक्ट्सको पनि निर्माण गरिसकेको छ। फाइभजीलाई ब्यापक अपनत्व प्राप्त हुँदै जाँदा स्मार्ट होम्स र अन्य आईओटी उपकरणहरुले निश्चितरुपमा हामीलाई हाम्रो सोचभन्दा टाढाको फ्यूचरिस्टिक अनुभव प्रदान गर्नेछ।
Shares

प्रतिक्रिया