जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतिगमनभन्दा पनि गम्भीर रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले गराएको संविधान विघटन खतरनाक र दूरगामी प्रकृतिको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले यसविरूद्ध राजनीतिक दल, न्यायालयलगायत राज्यका सन्तुलनकारी अंग, आम नागरिक सबैको एकीकृत प्रतिरोध गर्न आह्वान गरेका छन्।
‘ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमनभन्दा पनि गम्भीर, खतरनाक र दूरगामी प्रकृतिको भएकाले यसका विरूद्ध राजनीतिक दल, न्यायालय लगायतका राज्यका सन्तुलनकारी अंग, आम नागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य छ,’ डा. भट्टराईले साेमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो वा उ बहानमा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगरौं। हिटलरबाट पाठ सिकौं।’

प्रतिक्रिया