कारोबार


आरटीजीएस प्रणालीमा आबद्ध भए थप १० वटा विकास बैंक तथा फाइनान्स

आरटीजीएस प्रणालीमा आबद्ध भए थप १० वटा विकास बैंक तथा फाइनान्स

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ६:४८,

ख र ग वर्गका थप १० वटा विकास बैंक र फाइनान्स आरटीजीएस अर्थात् रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमा आबद्ध भएका छन्।

आजदेखि यो प्रणालीमा प्रत्यक्ष सहभागीका रुपमा आबद्ध भई उनीहरुले कारोबार गर्ने भएको नेपाल राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स यो प्रणालीमा आबद्ध भएका हुन्।

आरटीजीएस प्रणालीमा यसअघि २७ वटा वाणिज्य बैंकमात्र आबद्ध थिए। आजदेखि थप आठवटा विकास बैंक र दुईवटा वित्त कम्पनी जोडिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad