समाज


कार्यालयमै गएर सञ्चारकर्मीमाथि कुटपिट गरिएकोप्रति महासंघको आपत्ति

कार्यालयमै गएर सञ्चारकर्मीमाथि कुटपिट गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १०:१४,

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक प्रकाशचन्द्र दाहालमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार बागबजारस्थित अनलाइनको कार्यालयमा रहेका पत्रकार दाहालमाथि ४-५ जनाको समूहमा आएका व्यक्तिले ‘यही हो’ भन्दै हेलमेटलगायतले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका पत्रकार दाहालको प्रदर्शनीमार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ।

पत्रकार दाहालमाथि भएको यो आक्रमणको कडा भर्त्सना गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर हुन महासंघले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad